१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भोटेकोशी बाढी: ७ जनाको शव फेला



काठमाडौं । गएराति आएको भीषण बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण १८ जना बेपत्ता भएका मध्ये ७ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट ती शवहरू फेला परेका हुन्। बाढीमा परेर घाइते तथा जोखिममा परेका ५५ जनाको सकुशल उद्धार गरिएको छ। बाढीका कारण नेपाल–चीन जोड्ने प्रमुख नाका मितेरी पुल पनि बगाएको पुष्टि भएको छ। यसले अन्तर्राष्ट्रिय आवागमन र व्यापारमा समेत असर पार्ने देखिएको छ।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। हराइरहेकहरूको खोजी र जोखिम मूल्यांकन कार्य जारी रहेको जनाइएको छ। अधिकारीहरूले सम्भावित थप बाढीको जोखिमबाट सतर्क रहन स्थानवासीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।