१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


त्रिभुवन विमानस्थलमा खादा, माला र समूह चिनिने पोसाकमा प्रतिबन्ध



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन प्रक्रियाका क्रममा खादा, माला, तथा कुनै संस्था वा समूहको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार सूचना जारी गर्दै अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षासम्बन्धी विशेष स्थान भएकाले यस्तो निर्णय गरिएको जनाएको हो।

सूचनामा भनिएको छ, “यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरू सबैका लागि लागू हुने गरी अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन।”

कार्यालयका अनुसार यस्ता वस्तुहरूले सम्भावित सुरक्षा जोखिम बढाउने, प्रक्रिया ढिला गराउने र अध्यागमनको मर्यादा भंग गर्ने सम्भावना रहेकाले निषेध गरिएको हो।

त्यस्तै, कुनै विशेष समूह, संस्था वा कम्पनीको पहिचान झल्किने पोसाक, टोपी, ब्याच वा अन्य चिन्हयुक्त सामग्री प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।

“यस्ता पहिचानले यात्रुहरूबीच भेदभाव, असमानता देखिन सक्ने र सुरक्षासम्बन्धी प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो व्यवस्था गरिएको हो,” सूचनामा उल्लेख छ।

अध्यागमन कार्यालयले नयाँ नियमको कडाइका साथ पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।