२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अर्घाखाँचीमा बाँदर र बँदेल हेरालुका लागि २० जनालाई रोजगारी



काठमाडौं । अर्घाखाँचीमा बाँदर र बँदेलको व्यवस्थापन गर्न २० जनालाई हेरालुको रूपमा रोजगारी दिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार बाँदर तथा बँदेल हेरालुका लागि जनप्रतिनिधिहरूको छनोट गरी नाम सार्वजनिक गरेको छ। ती २० जनालाई सोमबार सम्झौता र अभिमुखीकरणका लागि बोलाइएको छ।

वन कार्यालयका अनुसार, वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती संरक्षण र वन्यजन्तुसँग सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यी हेरालु नियुक्त गरिएको हो।

डिभिजन वन कार्यालयले वन व्यवस्थापनमा सक्रिय सामुदायिक वन समूहहरूको सहकार्यमा समूह कोषमा उपलब्ध स्रोत प्रयोग गरी हेरालु राख्ने निर्णय गरेको छ। अभिमुखीकरण कार्यक्रममा उपस्थित नहुनेहरूलाई सम्झौता गरिने छैन भनी कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।