तम्घास
गुल्मीमा आफ्नै घरमा आगो लगाएपछि एक युवतीको जलेर निधन भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज विहान निधन भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार जुना आफैँमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैँले घरमा आगो लगाएको थिइन् ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।








प्रतिक्रिया