२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थातथलो छाडेर पोखरा पुगेकी हायु परिवारलाई फर्किन वडाध्यक्षको आग्रह



काठमाडौं । कास्कीको पोखरामा शरण लिएको उर्मिला हायुसहितको परिवारलाई गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ नेतृत्वको टोलीले बुधबार भेटेर पुनः घर फर्कन आग्रह गरेको छ।

छ दिनअघि घर, चौपाया र पशुपक्षी छाडेर चुपचाप पोखरा पुगेको हायु परिवार सोमबार दिनभर हराएको भन्दै सञ्चारमाध्यममा प्रमुख समाचार बनेको थियो। त्यसपछि वडाध्यक्षसहितको टोली उनीहरूको अवस्थाबारे जानकारी लिन पोखरा पुगेको हो।

वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला र उनका जेठा छोरा राजुलाई राखेर सम्भावित सहयोगको विषयमा विस्तृत जानकारी दिइएको थियो। उनले घर भएको जमिन किनिदिने, अस्थायी बसोबासका लागि वडाभित्रै छुट्टै स्थानमा घर निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारी व्यवस्थाको प्राथमिकतासहित फर्कन आग्रह गरे।

श्रेष्ठले भने, “मैले त तत्कालका लागि सिन्धुलीमाडीस्थित मेरो खाली घरमा जानुस् भनेँ। पोखरा महँगो छ, तपाईंहरूलाई गाह्रो हुन्छ। छोरा तयार भए, तर आमा उर्मिला अझै मानेकी छैनन्।”

हायु परिवारले गाउँमा सडक, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुँच नहुँदा बस्न कठिन भएको गुनासो गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। परिवारका सदस्यहरूका अनुसार खेतबारीको उब्जनीले तीन महिना पनि खान पुग्दैन। त्यसैले शहर पस्नैपर्ने बाध्यता भएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।