तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा आज दिउँसो बस दुर्घटना भएको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए । मस्र्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ। बसलाई निकाल्नका लागि क्रेन मगाइएको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया