२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार यस वर्ष कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको बोर्डले जनाएको छ। अघिल्लो वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अंग्रेजी, लेखा, सामाजिक र नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थी ‘नन ग्रेड’ अर्थात् फेल भएका छन्।

यस वर्ष देशभरबाट ५ लाख ११ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए। नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी थिए। परीक्षाका लागि देशभर १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको थियो।

जापानस्थित एभरेस्ट स्कुलबाट ३८ विद्यार्थी सहभागी भएका थिए भने जिल्लाहरूमा काठमाडौंबाट सबैभन्दा धेरै ६८ हजार र मनाङबाट सबैभन्दा कम ४५ जना परीक्षार्थी सहभागी भएका थिए। काठमाडौंमा १६२ परीक्षा केन्द्र सञ्चालन गरिएको थियो भने मनाङ र मुस्ताङमा १/१ परीक्षा केन्द्र थिए।

शिक्षक हड्तालका कारण वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा १० दिन पछि सरेर जेठ २ गते सम्पन्न भएको थियो। त्यसपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनको काम सुरु भएको थियो।

प्रकाशित मिति : २० श्रावण २०८२, सोमबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।