२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हावाहुरीले मकैबालीमा क्षतिहुँदा किसान चिन्तित



भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् ।

मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताए । फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पु¥याउँदै आएको कृषकहरुको उनको भनाइ छ ।

“रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति ग¥यो”, उनले भने, “मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ ।” दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पु¥याएको छ ।

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन गरिन्छ । हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै अवस्था रहेको किसानहरुको भनाइ छ । जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  १ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।