८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रविलाई भेटेपछि बाबुरामको प्रतिक्रियाः जमानतमा बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न दिनुपर्थ्यो



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले रूपन्देही कारागार भैरहवामा थुनामा रहेका रवि लामिछानेसँग भेट गरेका छन् । लुम्बिनी प्रदेशको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमका लागि भैरहवा पुगेका भट्टराईले कारागार पुगेर पूर्व उपप्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई भेटेका हुन् ।

भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै डा.भट्टराईले लामिछानेलाई जमानत लिई बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न दिनुपर्नेतिर ध्यान नपुगेको धारणा राखे । जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर जाने अवस्था पनि नरहेको कुरालाई अनुमान गर्न नसकिएको उनको भनाइ छ ।

‘कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दाखेरी चाहिँ न्यायिक हिरासतमा राख्ने हो । तर, एउटा राजनीतिक, जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे, उसले भागेर पनि सुख पाउँदैन भन्ने कुरा अनुमान गरेर उनीहरुलाई बाहिर नै रहेर, जमानतमा बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो भनाइ हो । यसमा ध्यान पुगेन,’– उनले भने ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, बिहिबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।