२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हमासद्वारा बन्धक विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान



काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागसहित उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गरेका छन्।

आज बिहान करिब ९ बजे फ्लाई दुबईको विमानमार्फत इजरायल जानका लागि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवै भावुक बनेका थिए र आँसु थाम्न सकेका थिएनन्।

विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। उनी २०८० असोज २० गतेदेखि परिवारको सम्पर्कमा छैनन्।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।