२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा तीनको मृत्यु, १५ घाइते



इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र माइक्रोबस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस सोमबार बिहान पूर्व–पश्चिम राजमार्गमा एकआपसमा ठोक्किएका हुन्।

मृतकमध्ये दुई पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ। घाइतेहरूको इनरुवा, विराटनगर न्युरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।