काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारी भाडा नबढाउने बताएका छन्। आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले ‘भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन’ भन्दै चाडपर्वमा सडक यातायात सहज बनाउन मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।
मन्त्री दाहालले विपदबाट क्षतिग्रस्त सडक मर्मतसम्भारका लागि पनि पहल भइरहेको जानकारी दिएका छन्। उनले भने, “अहिले चीनसँग जोड्ने रसुवागढी र तातोपानी नाका दुवै ठप्प भएकाले आपूर्ति ठप्प छ। तत्काल कोदारीको पहिरो मर्मत गरी अरनिको राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ।”








प्रतिक्रिया