२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवर्धन



कास्की । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवर्धन गरिएको छ ।

साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुँदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

हाइकिङ समूह धितालबाट, अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोकसम्म पैदल आई हाइकिङ समापन गरिएको थियो । त्यसपछि माछापुच्छ्रे गाउँपालिका -६, अस्ताममा रहेको नौमती बाजा समुन्द्री सतहबाट १ हजार ५ सय ५० मिटरको उचाईको पोखरीडाँडामा निर्माण गरिएको नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएको छ ।

हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाईकिङ कार्यक्रम संचालन भइरहेको छ । क्लबको आयोजना भएता पनि उक्त दिनको यातायात र खानाको खर्च सहभागि आफैँले व्यहोर्नु पर्ने यस कार्यक्रममा दिनप्रतिदिन सहभागिताको वढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए । पहिलो पटक सहभागि जनसंचार डटकमका प्रकाशक, पत्रकार ओम हमालले हरेक महिना नयाँ – नयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्गानिक खानाको स्वाद लिन पाईने भएकोले यसको आकर्षण बढ्ने बताए । उनले यस्ता राम्रा कार्यक्रमहरु गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नु पर्ने पनि बताए ।

हाइकिङमा सहभागि पवित्र बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा समाजसेवी बुद्धि बहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफू पनि सहभागी हुने गरेको स्मरण गर्दै हाइकिङले हिड्ने बानीको विकास गर्ने बताए । हाइकिङ कार्यक्रममा पोखरा महानगरपालिका -११, फूलवारीकी कक्षा ५ की विद्यार्थी १० वर्षीय सगुन वास्तोला, व्यवसायी, राजनीतिक व्यक्तित्व, विभिन्न पेशा / व्यवसायमा आवद्ध सहभागी भएका थिए । आगामी ६२ औं हाईकिङ श्रृङ्खला भदौको अन्तिम शनिबार २८ गते आयोजना गरिने छ, भने कहाँ जाने भन्ने निर्णय तेश्रो शनिबार गरिने क्लबका सदस्य पितम सेन ठकुरीले बताए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।