२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चको परमादेश



काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सोमबार परमादेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले माओवादी कार्यकर्ता त्रिभुवन साहद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र सरकारी वकिल कार्यालय रौतहटलाई छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

२०६३ साल चैत ७ गते गौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी) कार्यकर्ताबीचको झडपमा २७ जनाको हत्या भएको थियो। माओवादी निकट अखिल (क्रान्तिकारी) तथा वाईसीएलका कार्यकर्ता मारिएका यस घटनालाई ‘गौर नरसंहार’को रूपमा चिनिन्छ।

घटनामा तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष रहेका वर्तमान जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत संलग्नताको आरोप लाग्दै आएको छ। पीडित पक्षले दोषीलाई अनुसन्धान र कानुनी कारबाहीको दायरामा ल्याउन सर्वोच्चमा रिट दायर गरेका थिए।

 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।