२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतले नेपाली सेनालाई दियो घोडा र कुकुर



काठमाडौं । भारत सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछि अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ।

नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरेका हुन्। भारतबाट उपलब्ध गराइएका सामग्रीमा ६ थान सवारीसाधन, ५ घोडा र विस्फोट वा विपद्का घटनापछि खोजी तथा अनुसन्धानमा प्रयोग हुने गुणस्तरीय दुई कुकुर समावेश छन्।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल–भारतबीच राजनीतिक मात्र नभई सैनिक र जनस्तरमा पनि प्रगाढ सम्बन्ध रहेको छ। वार्षिक रूपमा दुबै देशमा सैनिक तालिम र प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन्। भाषा, धर्म, संस्कृति र पुरानो मित्रवत् सम्बन्धले सहज आवतजावतलाई अझ नजिक बनाएको छ।

हस्तान्तरण समारोहमा नेपाली सेनाका उच्च अधिकृत र भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।

 

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।