८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सामुदायिक वनको काठ बिक्रीमा घुस माग्ने वरिष्ठ वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा



काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग रु सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ । आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
यस्तै, बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविनकुमार श्रेष्ठले रु दुई लाख घुस दिएको भन्ने आरोपमा पोखरा महानगरपालिका कास्कीका तत्कालीन न्यायिक समिति सदस्य एवं सोही महानगर–९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ ।
न्यायिक समितिमा विचाराधीन रहेको बाटोको विवादमा घुस दिन खोल्ने रविनकुमार र न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै सोमबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।