काठमाडौँ
आज बागमती प्रदेशका पहाडी भूभागमा समेत भारी बर्षाको सम्भावना औल्याइएको छ ।
मौसमविदहरुका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ ।
तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
म्याग्दीको बेनी नगरपालिका– ९स्थित पर्यटकीयस्थल ढोलठानबाट देखिएको धौलागिरि हिमाल । ढोलठानबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । लेन्स कमल खत्री र रासस








प्रतिक्रिया