२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महासचिव पोखरेलद्वारा पुर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताको आलोचना



सिन्धुपाल्चोक
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवि भण्डारी राजनीतिमा सक्रिय भएको विषयलाई सार्वजनिक रुपमा आयोजना गरेका छन् ।

देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताउदै महासचिव राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको बताएका छन् ।
पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै महासचिव पोखरेलले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको बताउदै सङ्गठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आह्वान गरे । उनले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्नेसमेत तर्क गरे ।

एमाले सिन्धुपाल्चोक सचिव कृष्णगोपाल तामाङले बैठकमा जिल्लाभरका सात सय ४५ भन्दाबढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेकामा १० बुँदे मेलम्ची घोषणापत्र जारी गर्दै सम्पन्न भएको जानकारी दिएका छन् ।

जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, नेता शेरबहादुर तामाङलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।