२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नुवाकोटमा बाँदरको आक्रमणबाट गयो किसानको ज्यान



काठमाडौं । नुवाकोटको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट ज्यान गएको छ। बुधबार बिहान आफ्नै घरबारीमा मकै खान आएका बाँदर धपाउने क्रममा सयभन्दा बढी संख्यामा रहेका बाँदरको फौजले एक्कासी आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए।

स्थानीयवासीका अनुसार घाइते अवस्थामा उद्धार गरिएका नेपालीलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटैमा मृत्यु भएको हो। पन्चकन्या–२ का वडाध्यक्ष रामशरण श्रेष्ठले बाँदर धपाउने क्रममा उनीमाथि सामूहिक आक्रमण भएको पुष्टि गर्दै यसअघि पनि सो क्षेत्रमा बाँदरको आतंक बढ्दै गएको जानकारी दिए। स्थानीयले भने बाँदरको बढ्दो आक्रमण नियन्त्रण गर्न सरकार र सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।