२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज देशका विभिन्न चार प्रदेशमा भारी बर्षा हुने पुर्वानुमान



 

आज देशका विभिन्न चार प्रदेशमा भारी बर्षा हुने पुर्वानुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ।
पोखरामा पछिल्लो एक घन्टामै ४२.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै पर्वतको पचासेमा १७.४ मिलिमिटर, लमजुङको फलेनीमा १४.६ मिलिमिटर, कास्कीको सिकलेसमा १३.७ मिलिमिटर वर्षा पछिल्लो एक घन्टामै भएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

राति देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।