२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ जना घाइते



बागलुङ। बागलुङको गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग१झ ७४३ नम्बरको भ्यान हरिचौरबाट हटिया जाँदै गर्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

दुर्घटनामा परेर १८ वर्षीया सुस्मिता बिक, १८ वर्षीया प्रमिला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएको प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति नै दुर्घटनाको कारण रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।