२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


७४ जिल्लामा डेंगु सङ्क्रमण, दुईको मृत्यु



काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ। हालसम्म ७४ जिल्लामा तीन हजार २४७ जना संक्रमित फेला परेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पछिल्लो एक सातामात्रै २११ नयाँ संक्रमित थपिएका छन् भने डेङ्गीका कारण दुई जनाको ज्यान गएको छ।

प्रदेशगत विवरणअनुसार कोशीमा ५६८, मधेसमा ६२, बाग्मतीमा ६७५, गण्डकीमा ९१४, लुम्बिनीमा ५५१, कर्णालीमा ९३ र सुदूरपश्चिममा ३८४ जना संक्रमित रहेका छन्।

डा. दाहालले लगातारको वर्षासँगै संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

डेङ्गी फैलाउने एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले पानी जम्ने सफा स्थानमा अण्डा फुलाउने भएकाले त्यस्ता स्थानहरू नियमित सफा गर्न विज्ञहरूले सुझाएका छन्।

रोग नियन्त्रणका लागि सरकारले हरेक शुक्रबार लामखुट्टे खोज तथा नष्ट अभियान सञ्चालन गरिरहेको छ।

सन् २०२४ मा देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको थियो। त्यसबेला ४१ हजार ८६५ जना संक्रमित भएका थिए भने १५ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।