रौतहट । रौतहटको मुडवालाबा मोड नजिक आइतबार सुटकेशभित्र २६ वर्षीया महिलाको शव फेला परेको छ। जिल्ला प्रहरीका अनुसार शवको सनाखत माधव नारायण नगरपालिका–२ महादेवपट्टी निवासी रुवीकुमारी साहको भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार रुवीकुमारीको भारतको मजफरपुरमा विवाह भएको थियो र उनी हाल माइती घरमै बस्दै आएकी थिइन्। शव गौर नगरपालिका–९ गौर–सिरसिया सडकखण्ड अन्तर्गत डोरीले बाँधिएको अवस्थामा सुटकेशमा फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा घाँटी कसेर हत्या गरिएपछि शव सुटकेशमा राखिएको अनुमान गरिएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार हत्याको कारण र अपराधीको पहिचानका लागि अनुसन्धान जारी छ।








प्रतिक्रिया