२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र ‘युवा’ मानिने



काठमाडौं । अबदेखि नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र ‘युवा’ मानिने भएको छ। सरकारले हालै स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नयाँ परिभाषा तय गरिएको हो।

यसअघि लागू भएको ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर सीमा १६ देखि ४० वर्षसम्म थियो। नयाँ नीतिले अन्तर्राष्ट्रिय अभ्यास र बालबालिका ऐनलाई आधार मानेर उमेर दायरा १८–३५ वर्ष कायम गरेको हो।

राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, २०७८ सालको जनगणनामा १६–४० वर्ष समूहको जनसंख्या ४२.५६ प्रतिशत थियो। अब नयाँ नीतिअनुसारको युवाको जनसंख्या गणना गर्ने तयारी भइरहेको उनले बताए।

बस्नेतका अनुसार, बालबालिकाको उमेर १८ वर्षसम्म हुने भएकाले सो भन्दा माथिको ३५ वर्षसम्मलाई मात्र युवा मानिएको हो। उनले भने, “नयाँ नीतिअनुसार ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ पनि संशोधन गर्नुपर्ने हुन्छ, नभएसम्म कानुनी रूपमा भने उमेर सीमा १६–४० वर्षमै रहनेछ।”

संयुक्त राष्ट्रसंघले १५–२४ वर्षलाई युवा मान्दै आएको छ भने भारतमा पनि सोही दायरा कायम छ। नेपालमा भने करिब १० वर्षपछि मात्र युवा नीति परिमार्जन गरिएको हो, यद्यपि प्रत्येक ५–५ वर्षमा परिमार्जन गर्नुपर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।