२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र दर्ता प्रक्रियामा नआउने सामाजिक सञ्जालमाथि तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बैठकमा मन्त्रालयका उच्च अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

मन्त्रालय स्रोतका अनुसार सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजै रातिदेखि क्रमशः बन्द गर्ने तयारी भइरहेको छ । सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित कम्पनीलाई पत्राचार सुरु गरिएको छ ।

सरकारले सामाजिक सञ्जाललाई मन्त्रालयमा अनिवार्य रूपमा दर्ता हुन सात दिनको समय दिएको थियो । भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले म्याद तोकेको र मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो । तर, हालसम्म मेटा, अल्फाबेट (गुगल), एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला कम्पनीले दर्ता प्रक्रिया सुरु नगरेको मन्त्रालयले जनाएको छ। हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र मन्त्रालयमा सूचीकरण भएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।