काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत दर्ता प्रक्रियाका लागि आवश्यक कागजातबारे सोधपुछ गरेका हुन्।
“पौने ५ बजे मेटाका प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजात माग्नुभएको रहेछ। हामीले त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न आवश्यक पर्ने कागजातको विवरण पठाइसकेका छौं,” प्रवक्ता ठाकुरले जानकारी दिनुभयो।
यसैबीच, सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरू क्रमशः रोक लगाउने निर्णय गरिसकेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल सञ्चालन रोक्न पत्राचारसमेत गरिसकेको छ।








प्रतिक्रिया