२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं चावहिल सडकमा दुर्घटना : महिलाको निधन



कठमाडौं
चावहिल सडकमा महिलाको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटिनीस्थित सडकमा बा.५१ प ४९७६
नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो ।
सो मोटरसाइकलमा सवार काठमाडौं साखु बस्ने उदयपुर घर भएकी ३५ वर्षीया उषा तामाङको निधन भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको
क्रममा निधन भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ११ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।