२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेन–जी आन्दोलनमा गोली प्रहार, एकको मृत्यु, दर्जनौं घाइते



काठमाडौं । भ्रष्टाचार, प्रशासनिक बेथिति र दर्ता नभएका सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जीद्वारा सञ्चालन गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ।

घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, मृत्यु भएकाको परिचय खुल्न बाँकी छ भने ७०–८० जना प्रदर्शनकारी घाइते छन् र उपचाररत छन्।

घटनाको क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन्। प्रदर्शनकारीहरूले प्रहरी सुरक्षा घेर तोड्ने प्रयास गर्दा गोली प्रहार भएको बताइएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।