१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


परिस्थितिलाई नबिथोल्न सुरक्षा फौजको आग्रह



 

काठमाडौँ
सुरक्षा फौजले परिस्थितिलाई नबिथोल्न आम नेपाली समक्ष आग्रह गरेको छ ।

देशका सुरक्षा सङ्गठनले मुलुकको शान्ति सुव्यवस्थाको परिस्थिति क्रमशः सहजीकरणतर्फ उन्मुख भइरहेकाले त्यसलाई असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न÷नगराउन सबै तह र तप्कासँग आग्रह गरेका हो ।

देशको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले सम्हालिँदै गएको परिस्थितिलाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप नगर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीको राजीनामा र देशभरका सरकारी कार्यालयहरुमा आगो लगाएपछि अहिले नेपाली सेनाले देशको सुरक्षाको जिम्मा लिएको छ । प्रधानमन्त्रीको नियुक्तिका लागि वार्ता भइरहे पनि निर्णय भने भएको छैन ।

 

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।