काठमाडौं
रामेछाप जेलबाट भाग्न खोज्ने क्रममा नेपाली सेनाले गोली चलाउदा २ जनाको निभन भएको छ ।
बिहीबार बिहान कैदिले ताल्चा फोडेर भाग्न खोजेका थिए । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार झडपमा परेर सो क्रममा २ जनाको निधन भएको छ भने १० जना पनि घाइते भएका छन् ।
अहिले घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहको छ । निधन हुने कैदिको नाम सेनाले अहिलेसम्म खुलाएको छैन ।








प्रतिक्रिया