२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो



काठमाडौं । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिला पनि परेका छन्। हालसम्मको तथ्यांकअनुसार उपत्यकामा भएको झडपमा मृत्यु हुनेको संख्या उच्च रहेको छ भने अन्य जिल्लामा पनि थप घटना घटेका छन्।

प्रदर्शनमा २१ जना गोली लागेर मृत्यु भएको हो भने १८ जनाको शव विभिन्न जलाइएका घरभित्र भेटिएको हो । त्यस्तै, बाँकी ९ जना विभिन्न कारागारमा कैदीबीच झडप हुँदा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।