२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ



काठमाडौं । सुशीला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएकी छन्। आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
यसअघि आज शीतल निवासमा भएको सर्वपक्षीय छलफलले कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियो। त्यसपछि राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यसलगत्तै उनलाई शपथ खुवाएका हुन्।

शपथ ग्रहणपछि अब गृह मन्त्रालयको नयाँ भवनमा गएर कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी त्यहाँबाट फर्केपछि मन्त्रिपरिषद्को पहिलो बैठक शीतल निवासमा बस्ने भएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।