काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डलमा सहभागी हुने तीन जनाको नाम टुंगो लगाएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, ऊर्जा तथा भौतिक र शहरी विकास मन्त्रालयमा कुलमान घिसिङ र कानुन तथा गृह मन्त्रालयमा ओमप्रकाश अर्यालको नाम निश्चित भएको छ।
कार्यभार सम्हालेकै दिन प्रधानमन्त्री कार्कीले तीन मन्त्रीहरूको नाम टुंगो लगाएकी हुन्। उनीहरूको शपथ भोलि सोमबार हुने तय भएको छ। खनाल पूर्व अर्थसचिव हुन् र हालै उनको नेतृत्वमा आर्थिक पुनर्संरचना आयोग गठन भएको थियो। सो आयोगले पेश गरेको प्रतिवेदनका केही बुँदालाई आधार मान्दै निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बजेट ल्याएका थिए।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। उनी निवर्तमान प्रधानमन्त्री केपी ओलीको दबाबमा प्राधिकरणबाट हटाइएको थिए।








प्रतिक्रिया