२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तुइन खोलाको पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो



चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो हटाइएपछि राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ।

गत शुक्रबार खसेको ठूलो पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो। नारायणगढ र मुग्लिन दुवैतर्फबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार अपराह्न करिब सवा ४ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको छ। तर, भीरबाट अझै ढुंगा तथा माटो खस्ने क्रम नरोकिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सडक बन्द हुँदा शुक्रबार साँझदेखि सयौँ यात्रु राजमार्गमै अलपत्र परेका थिए। सडक आंशिक रूपमा खुलेसँगै सवारी आवागमन सुरु भएको भए पनि पूर्ण रूपमा सहज हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।