२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं बोहोराटारबाट ७ वटा पेस्तोल र गोलीसहित युवक पक्राउ



काठमाडौं
काठमाडौं बोहोराटारबाट ७ वटा पेस्तोल र गोलीसहित युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित तारकेश्वर नगरपालिका ५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका ८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
घठनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।