ललितपुर
ललितपुरको पुल्चोकस्थित एक किराना पसलमा आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार
यहाँस्थित सत्यनारायण मानन्धरको किराना पसलमा विद्युतको तार सर्ट भएर मंगलबार बिहान आगलागी भएको हो ।
प्रहरी र स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागीपछि नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले आगलागी र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
आगलागीपछि भएको क्षतिको विवरण हालसम्म प्रहरीले जानकारी दिएको छैन ।








प्रतिक्रिया