२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तुइन खोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातिसम्म सडक सञ्चालनमा आउन सक्ने



काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको पहिरो पन्छाउने काम करिब ६० प्रतिशत सकिएको छ । पछिल्ला दिनहरुमा त्यहाँ पटक-पटक पहिरो जाँदा सडक अवरुद्ध भइरहेको थियो । फेरि गत मंगलबार साँझ त्यही ठाउँमा ठूलो पहिरो गएपछि अनिश्चितकालिन रुपमा सडक अवरुद्ध भएको छ ।

पहिराले १६० मिटर सडक अवरुद्ध गरेका थियो । त्यस लगत्तै अवरोध हटाउने काम शुरु भएको थियो । हालसम्म ६० प्रतिशत अवरोध हटेको छ । थप कुनै अवरोध नआएमा आज रातीसम्म सडक सञ्चालनमा ल्याउन सकिने सडक बिभागको भनाइ छ । ‘कुनै पनि बाधा आइ नपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको छ,’ विभागको सुचनामा भनिएको छ ।

अहिले पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्साभेटर– १, लोडर–१ र मुग्लिन तर्फबाट लोडर–२, एक्साभेटर–१ उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको छ । यसको अलावा दुवैतर्फ १–१ वटा लोडर तैनाथ अवस्थामा रहेको विभागको भनाइ छ ।

यस्तै, काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको विभागले बताएको छ ।

‘पहिरो पन्छाउने क्रममा नारायणगढ तर्फ ठूलाठूला ढुंगाहरुका खसेका कारण केही कठिनाइ भएतापनि हामीसँग भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेका छन् । पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको व्यहोरा अवगत गराउन चाहन्छौं,’ सूचनामा भनिएको छ, ‘पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेकाले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुईजना अपरेटरहरु पनि थप गरिएको छ ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।