२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रत्यक्ष निर्वाचित कार्यकारी र संविधान संशोधन अहिले हुँदैन : प्रधानमन्त्री(पूर्णपाठ)



काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित कार्यकारी र संविधान संशोधन अहिलेको सरकारले गर्न नसक्ने प्रष्ट पारेकी छिन् । सरकारको मुख्य लक्ष्य आगामी फागुन २१ गते हुने आमचुनाव नै भएको उल्लेख गर्दै उनले शासकिय स्वरुपमा परिवर्तन र संविधान संशोधन चुनावपछि आउने संसद्ले गर्ने प्रष्ट सन्देश दिएकी छिन् । उनले राजनीतिक दलसहित सबैलाई चुनावलाई सघाउन र भाग लिन अह्वान पनि गरेकी छन् ।
जेनजी अगुवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेभन्दै सरकारसँग छलफलको तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले बिहीबार देशबासीलाई सम्बोधन गरेकी हुन् । संविधान संशोधनको आवश्यक भए चुनावपछि मात्र सम्भव हुने उनले बताएकी छिन् ।

‘शासकीय प्रणालीको संशोधन विषय वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकालेले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु’ सम्बोधनका क्रममा कार्कीले भनेकी छन् । जेनजी आन्दोलनपछि संवादहिनतामा रहेका दलहरुलाई समेत प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै चुनावका लागि औपचारिक आह्वान गरेकी छिन् ।

iframe src=”https://drive.google.com/file/d/1awhrjymTIxI-XVj2PPjZmKUq8uRF0D51/preview” width=”640″ height=”480″ allow=”autoplay”>

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।