ललितपुर । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् ।
गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । हाल अनलाइनबाट कक्षा संचालन भइ रहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस संचालन गर्ने तयारी छ । विद्यालले पूर्णरुपमा फेस रु फेस कक्षा ३-४ महिना भित्र संचालन गर्ने योजना बनाएको छ ।








प्रतिक्रिया