२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार प्रतिशोधको बाटोमा जान खोज्यो, हामी चिन्तित छौं : एमाले



काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको संकेत आफूहरूले देखेको बताएको छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

‘पछिल्लो समय जुन ढंगले घटनाक्रम विकसित भइरहेका छन् । खासगरी सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं,’ उनले बैठकका निर्णय सुनाउने क्रममा भने ।

सरकारले दलहरूलाई पन्छाएर निषेधको क्रियाकलाप गरेको भन्दै पार्टी चिन्तित रहेको पनि ज्ञवालीले बताए । ‘विस्तारै सरकार राजनीतिक दलहरूसँग परामर्श नगरेको वा नचाहेको मात्रै नभइ निषेधको बाटोमा हिँडेको देखिन्छ,’ उनले भने, ‘दलहरूलाई पन्छाएर मात्रै नभइ निषेध गरेर जाने क्रियाकलाप हामीले देखेका छौं । दलहरूसँग संवाद गर्न नखोजेकामा हामी चिन्तित छौं ।’

 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।