२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लिची बगान जग्गा घोटाला प्रकरण: दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा मुछिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गर्दै ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो।

उक्त घोटालामा गुप्ता एमालेका नेता हुन् भने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष हुन्। पूर्वमन्त्री गुप्ताले बिचौलियासँग घूस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अडियोमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत उल्लेख गरिएको थियो। अधिकारीको संलग्नता अझै स्पष्ट नभएकाले अनुसन्धान जारी रहेको र आवश्यक परे पूरक अभियोग दायर गर्न सकिने अख्तियार स्रोतले जनाएको छ।

कास्कीको पोखरा–बाटुलेचौरस्थित ‘लिची बगान’ का १३४ रोपनी जग्गा हडप्ने योजनामा मन्त्री, कर्मचारी र बिचौलियाको संलग्नता रहेको आरोप छ। घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।