काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीले उजुरी दिएको छ ।
गत भदौ २३ र २४ गते सम्पन्न जेनजी युवा आन्दोलनका क्रममा भएको अप्रिय घटनासँग सम्बन्धित मुद्दामा उनीहरूमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको नेविसंघ केन्द्रीय सदस्यहरूले जानकारी दिएका छन् ।
नेविसंघले उजुरीमा विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, साथै सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरूमाथि अनुसन्धान हुनुपर्ने माग राखेको छ।
उजुरीमा नेविसंघ केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहको नाम उल्लेख छ। उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान थाल्न प्रहरीसँग माग गरेका छन्।
यसअघि पनि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध उजुरी दिएका थिए। त्यस्तै, नेकपा एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दर्ता गराएको थियो।








प्रतिक्रिया