काठमाडौं । पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध सुन तस्करीको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।
महरासहितकाविरुद्ध कुल ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । उनलाई भन्सार ऐन, सुन तस्करी सम्बन्धी अपराध र संगठित अपराध ऐन अन्तर्गत तीनवटा अभियोगमा मुद्दा दायर गरिएको हो।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आज मुद्दा दर्ता मात्र हुनेछ भने मंगलबार महराको बयान र थुनछेक बहस हुनेछ । सो बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गर्नेछ ।








प्रतिक्रिया