१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको ठूलादुर्लुङमा आगलागीपछि एक घर जलेर नष्ट



ललितपुर
दक्षिण ललितपुरको ठूलादुर्लुङमा आगलागीपछि एक घर जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार दक्षिण ललितपुरको महांकाल गाउँपालिका ६ कन्या दमारस्थित कालिमान भुलुङको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी भएको हो ।

आगलागीपछि करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको टुंगुन प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको दियो ।
दक्षिण ललितपुरको तीनवटै गाँउपालिकामा दमकल सेवा छैन । पहाडी भूभागमा दमकल जान कठीन हुनुका साथै सबै ठाँउमा सडक नपुग्दा समयमै आगलागी नियन्त्रण सम्भव हुन सकेको छैन ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।