२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपिनि जोशीको शव नेपाल ल्याइँदै



काठमाडौं । विपिनि जोशीको शव आज नेपाल ल्याउन लागिएको छ । इजरायलमा मारिएका जोशीको शव फ्लाई दुबईमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

उक्त विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । अध्ययनका क्रममा इजरायल गएका जोशी दुई वर्षअघि हमासको अपहरणमा परेका थिए । अपहरित अवस्थामा उनको निधन भएको थियो ।

२७ असोजमा इजरायली अधिकारीले जोशीको निधन भएको पुष्टि गरेका हुन् । जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, सोमबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।