२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि



काठमाडौं । कञ्चनपुरका युवा विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भीमदत्त नगरपालिका–३ स्थित घरबाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिअघि सशस्त्र प्रहरीले विपिनलाई सलामी अर्पण गरेको थियो भने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो ।

हमासको कब्जामा रहेकै अवस्थामा उनको मृत्यु भएको पुष्टि केही दिनअघि मात्र गरिएको हो । उक्त आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, मंगलबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।