काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। बालुवाटार स्रोतका अनुसार, सरकारले चार नयाँ मन्त्री थप्ने निर्णय गरेको छ।
सूत्रका अनुसार, डा. सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्रालय, गणपतिलाल श्रेष्ठ पर्यटन मन्त्रालय र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
चारै मन्त्रीलाई आजै राष्ट्रपतिको उपस्थितिमा शपथ ग्रहण गराइने तयारी गरिएको बताइएको छ।




प्रतिक्रिया