२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाल्पामा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु



काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । गाडीमा तीन जना मात्र सवार रहेको प्रधानले बताए ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।