१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रु पाँच करोडसम्मको घरजग्गाको कारोवार गर्ने कम्पनीलाई रु १० लाखबराबरको शुल्क



काठमाडौँ

रु पाँच करोडसम्मको घरजग्गाको कारोवार गर्ने कम्पनीलाई रु १० लाखबराबरको शुल्क लाग्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचनाअनुसार एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले रु पाँच लाख मात्रै तिरे पुग्छ ।

विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएपछि शुल्क तोकेको हो ।

विभागले एक सूचनामार्फत रु तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमति प्रदान गर्न लागिएकाले आवेदन दिन आग्रह गरेको छ ।

अनुमतिपत्र लिन चाहने कम्पनीले एक महिनाभित्र आवेदन दिन सक्नेछन्

सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गासम्बन्धी कारोबार गर्ने कम्पनीले अनुमतिपत्र लिनसक्ने व्यवस्था गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्र चयन गरिएको उल्लेख थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।