२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अब अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुले ४ घण्टाअगाडिनै विमानस्थल पुग्नुपर्ने



काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा कम्तिमा ४ घण्टा अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ।

एयरलाइन्सले बुधबार जारी गरेको सूचनामा चेक–इन तथा सुरक्षा जाँचमा समय लाग्ने भएकाले निर्धारित समयअगावै विमानस्थलमा आइपुग्न अनुरोध गरिएको उल्लेख छ। कम्पनीका अनुसार चेक–इन काउन्टर उडान समयभन्दा १ घण्टा अगाडि नै बन्द हुने भएकाले ढिलो आएको अवस्थामा उडान छुट्नसक्ने चेतावनी दिइएको हो।

नेपाल एयरलाइन्सले हाल नेपालबाट भारत, थाइल्यान्ड, मलेसिया, चीन, जापान र संयुक्त अरब इमिरेट्सलगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान संचालन गरिरहेकाे छ।

एयरलाइन्सले यात्रुहरूलाई आवश्यक कागजात, टिकट र पासपोर्ट पहिल्यै तयारीमा राख्न तथा विमानस्थलमा पुगेपछि भित्रिने प्रक्रिया सहज बनाउन समयमै उपस्थित हुन पुनः आग्रह गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।